२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यूआरबाट हुने भुक्तानी बढ्दै, जेठमा २८ अर्बभन्दा बढीको कारोबार



अ+ अ-

काठमाडौँ । पछिल्लो समय विद्युतीय भुक्तानीको क्रम बढ्न थालेको छ । हातमा मोबाइल र इन्टरनेटको सहज पहुँचले गोजीमा नगद बोकिरहनु पर्ने अवस्था कम हुँदै जान थालेसँगै विभिन्न माध्यमबाट हुने विद्युतीय भुक्तानीको संख्या र रकम दुबै बढ्न थालेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत जेठ महिनाको विवरण अनुसार उक्त महिनामा मात्रै क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी विगतका महिनाको तुलनामा बढेको छ । जेठमा मात्रै ९५ लाख ९ हजार २४९ पटक कारोबार हुँदा रु २८ अर्ब ७ करोड ६० लाख क्यूआरकोडबाट भुक्तानी भएको छ । जुन यसअघिका कुनै पनि एक महिनाको तुलनामा बढी हो ।

यसअघि वैशाखमा रु २६ अर्ब ५ करोड १० लाख, चैतमा २२ अर्ब ८९ करोड २० लाख, फागुनमा रु २० अर्ब ७७ करोड ६० लाख, माघमा रु १७ अर्ब ७६ करोड ५० लाख, पुसमा रु १७ अर्ब ३ करोड २० लाख रकम भुक्तानी भएको थियो ।

इकमर्सको व्यापार पनि बढ्यो

राष्ट्र बैंकका अनुसार जेठमा इकमर्शमार्फत हुने कारोबार  रकममा पनि उल्लेख्य वृद्धि भएको छ । जेठमा रु ६० करोड ९० लाख बराबरको कारोबार भएको छ । यसअघि सबैभन्दा बढी गत कात्तिक महिनामा ६६ करोड ३० लाख बराबरको कारोबार भएको थियो  । गत वैशाखमा रु ५२ करोड १० लाख, चैतमा रु ५० करोड २० लाख, फागुनमा रु ४७ करोड ४० लाख, माघमा रु ५१ करोड बराबरको कारोबार भएको थियो ।

वालेटबाट २० अर्बको कारोबार

जेठमा विभिन्न वालेटबाट रु २० अर्ब १४ करोड ६० लाख बराबरको कारोबार भएको छ । जबकी वैशाखमा रु १९ अर्ब २५ करोड ५० लाख, चैतमा रु १९ अर्ब ९२ करोड २० लाख, फागुनमा रु १८ अर्ब १५ करोड ५० लाख र माघमा रु १७ अर्ब ११ करोड ८० लाख रकम भुक्तानी भएको थियो ।

कनेक्ट आइपीएसबाट भने सो जेठमा हालसम्मकै सबैभन्दा बढी रु चार खर्ब १७ अर्ब २० करोड ६० लाख कारोबार भएको छ । कनेक्ट आइपीएसबाट गत वैशाखमा रु ३ खर्ब ५९ अर्ब ५२ करोड ८० लाखको कारोबार भएको थियो भने चैतमा रु ३ खर्ब ८० अर्ब ९३ करोड ६० लाखको भुक्तानी भएको थियो ।