१ असार २०८३, सोमबार
,
Latest
सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यूआरबाट हुने भुक्तानी बढ्दै, जेठमा २८ अर्बभन्दा बढीको कारोबार



अ+ अ-

काठमाडौँ । पछिल्लो समय विद्युतीय भुक्तानीको क्रम बढ्न थालेको छ । हातमा मोबाइल र इन्टरनेटको सहज पहुँचले गोजीमा नगद बोकिरहनु पर्ने अवस्था कम हुँदै जान थालेसँगै विभिन्न माध्यमबाट हुने विद्युतीय भुक्तानीको संख्या र रकम दुबै बढ्न थालेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत जेठ महिनाको विवरण अनुसार उक्त महिनामा मात्रै क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी विगतका महिनाको तुलनामा बढेको छ । जेठमा मात्रै ९५ लाख ९ हजार २४९ पटक कारोबार हुँदा रु २८ अर्ब ७ करोड ६० लाख क्यूआरकोडबाट भुक्तानी भएको छ । जुन यसअघिका कुनै पनि एक महिनाको तुलनामा बढी हो ।

यसअघि वैशाखमा रु २६ अर्ब ५ करोड १० लाख, चैतमा २२ अर्ब ८९ करोड २० लाख, फागुनमा रु २० अर्ब ७७ करोड ६० लाख, माघमा रु १७ अर्ब ७६ करोड ५० लाख, पुसमा रु १७ अर्ब ३ करोड २० लाख रकम भुक्तानी भएको थियो ।

इकमर्सको व्यापार पनि बढ्यो

राष्ट्र बैंकका अनुसार जेठमा इकमर्शमार्फत हुने कारोबार  रकममा पनि उल्लेख्य वृद्धि भएको छ । जेठमा रु ६० करोड ९० लाख बराबरको कारोबार भएको छ । यसअघि सबैभन्दा बढी गत कात्तिक महिनामा ६६ करोड ३० लाख बराबरको कारोबार भएको थियो  । गत वैशाखमा रु ५२ करोड १० लाख, चैतमा रु ५० करोड २० लाख, फागुनमा रु ४७ करोड ४० लाख, माघमा रु ५१ करोड बराबरको कारोबार भएको थियो ।

वालेटबाट २० अर्बको कारोबार

जेठमा विभिन्न वालेटबाट रु २० अर्ब १४ करोड ६० लाख बराबरको कारोबार भएको छ । जबकी वैशाखमा रु १९ अर्ब २५ करोड ५० लाख, चैतमा रु १९ अर्ब ९२ करोड २० लाख, फागुनमा रु १८ अर्ब १५ करोड ५० लाख र माघमा रु १७ अर्ब ११ करोड ८० लाख रकम भुक्तानी भएको थियो ।

कनेक्ट आइपीएसबाट भने सो जेठमा हालसम्मकै सबैभन्दा बढी रु चार खर्ब १७ अर्ब २० करोड ६० लाख कारोबार भएको छ । कनेक्ट आइपीएसबाट गत वैशाखमा रु ३ खर्ब ५९ अर्ब ५२ करोड ८० लाखको कारोबार भएको थियो भने चैतमा रु ३ खर्ब ८० अर्ब ९३ करोड ६० लाखको भुक्तानी भएको थियो ।