२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘पशुपति प्रसाद २’ विश्वभर एकसाथ प्रदर्शन हुने



अ+ अ-

काठमाडौँ । दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ ।

फिल्मलाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रूपमा प्रदर्शन गर्न लागेको हो । सोमबार निर्माण कम्पनी टुकी आर्टस र सभेन सिजबीच औपचारिक सम्झौता भएको छ ।

अमेरिकाका राष्ट्रिय सिनेमा चेनहरू रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिस लगायतका हलमा करिब १ हजारदेखि १ हजार २ सय शो हुनेछ ।

यस्तै, क्यानडामा १५० शो, बेलायतका विभिन्न हलमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, मध्यपूर्वका विभिन्न देशहरुमा ७५० शो र जापानमा १ सय शो हुने विज्ञप्तीमार्फत जनाइएको छ ।

यो फिल्म दशैंको फूलपातीदेखि विश्वभर एकसाथ प्रदर्शन हुनेछ । फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा लेखन र निर्माता पनि खगेन्द्र स्वयम् रहेका छन् । २०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ले दर्शकको राम्रो प्रतिक्रिया र साथ पाएको थियो ।