२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘पशुपति प्रसाद २’ विश्वभर एकसाथ प्रदर्शन हुने



अ+ अ-

काठमाडौँ । दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ ।

फिल्मलाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रूपमा प्रदर्शन गर्न लागेको हो । सोमबार निर्माण कम्पनी टुकी आर्टस र सभेन सिजबीच औपचारिक सम्झौता भएको छ ।

अमेरिकाका राष्ट्रिय सिनेमा चेनहरू रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिस लगायतका हलमा करिब १ हजारदेखि १ हजार २ सय शो हुनेछ ।

यस्तै, क्यानडामा १५० शो, बेलायतका विभिन्न हलमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, मध्यपूर्वका विभिन्न देशहरुमा ७५० शो र जापानमा १ सय शो हुने विज्ञप्तीमार्फत जनाइएको छ ।

यो फिल्म दशैंको फूलपातीदेखि विश्वभर एकसाथ प्रदर्शन हुनेछ । फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा लेखन र निर्माता पनि खगेन्द्र स्वयम् रहेका छन् । २०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ले दर्शकको राम्रो प्रतिक्रिया र साथ पाएको थियो ।