काठमाडौं । पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले निर्बाचन केन्द्रित मतदातालाई प्रभाव पार्ने खालको कार्यक्रम बजेटमा नराख्न अनुरोध गर्नुभएको छ । पाँचपूर्व निर्वाचन आयुक्तहरूले बिहिबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो ।
पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले विज्ञप्ति जारी आग्रह गर्नुभएका हो ।
जारी बिज्ञप्तिमा भनिएको छ – २०७८ साल कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा त्यसमा समेटिने कार्यक्रमले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित नबनाउने गरी ल्याउनु पर्दछ ।












