• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट छैन: योगेश भट्टराई



फाईल फोटो

काठमाडौं । नेकपा एमालेका सचिब योगेश भट्टराईले प्रधानमन्त्रीको पारिवारिक पीडाका कुरा आफूहरु संबेदशिल भएपनि भावनात्मक पक्षलाइए अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट नभएको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिईरहदा नेता भट्टराईले सामाजिक संञ्जालमा लेख्नु भएको छ हामीले वहाँको पारिवारिक पडाीमा मजाक गरेका होइनौ । हामी अरु केही जस्तो निर्दयी होइनौ र छैनौं । तर देशको प्रधानमन्त्रिको अभिब्यक्ति र व्यबहारप्रति भने कठोर प्रश्न छन ।

उहाँले लेख्नु भएको छ-

छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले बेहोरेको पीडा सवेदनशिल छन् । उहाँका ती पीडामा साहस भर्न सिंगो सदन वहाँलाई साथ दिन तयार छ । तर प्रधानमन्त्रिका रुपमा वहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चै छैन है । हेक्का रहोस् । हामीले वहाँको पारिवारिक पीडामा मजाक गरेका होइनौ । हामी अरु केही जस्तो निर्दयी होइनौ र छैनौं । तर देशको प्रधानमन्त्रिको अभिब्यक्ति र व्यबहारप्रति भने कठोर प्रश्न छन ।