• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

म भावनात्मक र सेन्टिमेन्ट छु – प्रधानमन्त्री दाहाल



तस्बिर: रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भावनात्मक र सेन्टिमेन्ट रहेको बताउनुभएको छ । सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले आफू भावनामा आएर प्रितम सिंहको भनाई उल्लेख गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रितम सिंहले राजनीतिमा पनि रुची राख्नुहुन्छ भन्ने प्रसंगमा मैले त्यो कुरा भनेँ । मैले बोल्दै जाँदा मैले २०६८–०६९ को कुरा भनेको हो । मैले छोरी र उनको बेडलाई, र प्रितम सिंहले भनेको कुर्सीलाई सम्झिएँ । यहाँहरुलाई थाहा नै छ म अलिकति भावनात्मक र सेन्टिमेन्ट छु । यही त भयो प्रचण्ड अब गर्नुहुन्छ के ?’

यस्तै, प्रधानमन्त्री दाहालले भावनामा आएर उक्त अभिव्यक्ति दिएको दोहोर्याउनुभयो । त्यो कुरा भन्न जरुरी नरहेपनि मनमा आएर भनेको प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार भारतीय व्यवसायी प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन उनी धेरै पटक दिल्ली गएको बताउनुभएको थियो ।