• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   सहकारी प्रकरणको छानबिन सुरु, आज नियामक निकायसँग छलफल ★   औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह ★   सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत प्रगति ★   भारतीय फुटबल महासंघले प्रशिक्षक इगोरलाई बर्खास्त गर्यो ★   लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा ★   साहिल चौहानले टी-२० आईको सबैभन्दा छिटो शतक बनाए, नेपालविरुद्ध नामिबियाका इटनले बनाएको कीर्तिमान तोडे ★   मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण ★   आज पनि बजेटमा मन्त्रालयगत छलफल जारी ★   इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग ★   युरो कपः फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी

बस दुर्घटनामा एकको मृत्यु, ३९ घाइते



बैतडी । बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य ३९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पताल पठाइएको छ । अन्य घाइतेको मेलौलीमा उपचार भइरहेको छ ।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब ४०० मिटर तल खसेर रुखमा अड्किएको प्रहरीको भनाइ छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस