१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारबाट गैरकानुनी रूपमा सुन ल्याएको आरोपमा १२ जना पक्राउ



अ+ अ-

काठमाडौँ । कतारबाट गैरकानुनी रूपमा सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा सुन ल्याउने उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई पक्राउ गरेको हो।

उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुनलगायत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

आइतबार नेपाल एयरलाइन्स र कतार एयरलाइन्सबाट आएका ५ जना नेपाली कामदारलाई विमानस्थलबाहिरबाट नियन्त्रणमा लिइएको थियो । उनीहरुले जनही ५८ ग्राम बराबरको सिक्री लुकाएर नेपाल भित्र्याएका थिए ।

त्यसरी भित्र्याइएको सिक्री त्रिभुवन विमानस्थलबाहिर रहेको होटल हिमालयन स्पायरका सन्चालक दम्पतीलाई दिने गरेको पाइएको छ ।