२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष नेताहरुबिचको छलफल सकियो: संसद् अवरोध हटाउन एमाले तयार



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा तीन दलका शीर्ष नेताहरुबिच भएको छलफल सकिएको छ ।

आज सिंहदरबारमा संसद् अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्ति सच्याउने र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दु:ख व्यक्त गर्ने सहमतिपछि एमाले सदन खुलाउन तयार भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुले साधेका ‘बैठकमा के भयो? ‘भन्ने प्रश्नमा ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ।’ भनेर जवाफ दिए । प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। यद्यपि आइतबारको समझदारी केही घण्टामै भाँडिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको राजीनामाको अडान राख्दै एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।