२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीचको छलफल जारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी रहेको छ । संसदको अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेताहरु छलफलमा बसेका हुन् ।

आइतबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका थिए । यद्यपि आइतबारको समझदारी केही घण्टामै भाँडिएको थियो ।

एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको थियो तर आइतबारको छलफलमा प्रधानमन्त्री प्रचण्डले सदनमा आत्मालोचना गरे अघि बढ्न दिने भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको राजीनामाको अडान राख्दै एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।