२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीचको छलफल जारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी रहेको छ । संसदको अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेताहरु छलफलमा बसेका हुन् ।

आइतबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका थिए । यद्यपि आइतबारको समझदारी केही घण्टामै भाँडिएको थियो ।

एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको थियो तर आइतबारको छलफलमा प्रधानमन्त्री प्रचण्डले सदनमा आत्मालोचना गरे अघि बढ्न दिने भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको राजीनामाको अडान राख्दै एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।