२ आश्विन २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरमा कोरोना संक्रमण दर ३७ र मृत्युदर ०.६ प्रतिशत



अ+ अ-

पाँचथर । पाँचथरका दूरदराजका ग्रामीण बस्तीमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण दर करीब ३७ प्रतिशत रहेको पाइएको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन संक्रमण दर ३६।९१ प्रतिशत छ । मृत्युदर ०.६० प्रतिशत रहेको छ । 

स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्यांकअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । उक्त अवधिमा पीसीआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट १ हजार ३० जना गरी कूल १ हजार ३४९ जनाको परीक्षण गरिएको छ ।

तुम्वापोका अनुसार उक्त संख्याको परीक्षणमा ४९८ जनामा संक्रमण देखिएको हो ।
 
संक्रमण पुष्टि भएकामध्ये ३ जनाको मृत्यु भएको उनले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये १ जनाको जिल्लाबाहिर तथा २ जनाको जिल्लामै उपचारका क्रममा मृत्यु भएको हो । परीक्षण र संक्रमितको संख्याका आधारमा जिल्लामा संक्रमितको मृत्युदर ०.६० प्रतिशत रहेको उनले बताए ।