६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकालाई समात्नु ठिक भएन– पूर्वमुख्यसचिव कोइराला



अ+ अ-

काठमाडौँ । पूर्वमुख्यसचि डा विमल कोइरालाले ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधिमन्त्री कृष्णबहादुर राउतलाई पक्राउ गरिएको विषयप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले आइतबार पक्राउ गरेको हो ।

ललिता निवास जग्गासम्बन्धी निर्णय तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको कार्यकालमा भएको थियो ।

पूर्वमुख्यसचिव डा कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाइ समात्नु ठिक नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “कृष्ण राउत शाखा अधिकृत हुँदाको कसुरमा परेछन्। उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाइ समात्नु ठिक भएन।”