१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादको बाटो प्रधानमन्त्री दाहालको नेतृत्वमा शुरु भइसक्यो: मन्त्री किराँती(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउनुभएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? भन्नेकुराको अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैँले गर्नुपर्ने बताउनु भयो । नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम अहिलेको नेतृत्वले गर्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो शुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा शुरु भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान हामीले गर्नैपर्छ । नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो । त्यो थालनी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ । आजको सापेक्षतामा भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो शुरु हुन्छ । नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै छ ।’

मन्त्री किराँतीले नेपाली समाजवादलाई समाजवादमा पुर्‍याउने काममा लाग्नुपर्ने बताउनु भयो ।