१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रमास अनुसार पशुपतिमा साउने सोमवारको व्रत शुरु- फोटो फिचर



अ+ अ-

काठमाडौं । चन्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत आजबाट शुरु भएको छ ।

सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजबाट नै व्रत शुरु भएको हो । चान्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास शुरु हुन्छ ।

सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरु पशुपतिनाथमा बिहानैदेखि भीड लागेको छ । साउनमा अधिकमास परे पनि नित्य पूज आराधना भने साउन महिनामा नियमित हुने पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

चन्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मुलका भक्तजनको भीड लागेको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।