२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई लाइफ इन्स्योरेन्स र घोराही सिमेन्टको आइपीओ भर्ने आज अन्तिम दिन



अ+ अ-

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको थियो ।

सीडीएसका अनुसार असार २४ गते साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा कूल ९ लाख ४० हजार ८१२ जनाले १ करोड १७ लाख ६९ हजार ५० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १।२२ गुणा बढी आवेदन हो ।

कम्पनीले जारी पुँजी रु ४ अर्बको ३० प्रतिशतले हुन आउने कुल रु १ अर्ब २० करोडको आइपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता रु १३६ दशमलव ९१ प्रिमियम थप गरेर रु २३६ दशमलव ९१ का दरले १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको छ ।

घोराही सिमेन्ट

घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज हो । कम्पनीले असार २२ गतेदेखि स्थगित आइपीओ पुनः बिक्रीमा ल्याएको हो । सीडीएसका अनुसार आइतबार साँझ ५ बजेसम्म ६ लाख ३१ हजार ३२८ जना आवेदकले २ करोड ४७ लाख ४३ हजार ६०० कित्ताका लागि आवेदन दिइसकेका छन् ।

कम्पनीले १ सय अंकित मूल्यमा रु ३३५ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको हो । जसअनुसार प्रतिकित्ता रु ४३५ का दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वासाधारणका लागि बिक्रीमा ल्याएको छ ।

यसअघि कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गरेको थियो । कम्पनीले आइपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो ।