२५ मंसिर २०८२, बिहीबार
,
Latest
सेवाको प्रचारप्रसार हुँदैन : पुर्व मन्त्री गुरुङ तेस्रोलिंगी नेतृत्वसहितको नयाँ राजनीतिक यात्रा: समावेशी समाजवादी पार्टीको साइबरनेटिक संघीयता घोषणा ‘शान्ति सुरक्षा पहिलो प्राथमिकता’ आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ चुनाव नजिकिँदा राजनीतिक गतिविधि बढ्यो प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस एनपीएल: फाइनलमा पुग्न विराटनगरलाई १३५ रनको लक्ष्य प्रतिनिधिसभाका लागि काठमाडौ ८ बाट राजु खरेल सहित ६ सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् बलिउडका सर्वाधिक कमाई गर्ने सिक्वेल



अ+ अ-

एजेन्सी । आजको जमानामा कुनै पनि सुपरहिट फिल्मको सफलताको फाइदा उठाउन निर्माताले त्यसको सिक्वेल ल्याउने गर्छन् । कहिलेकाहीं निर्माताहरू यसमा सफल हुन्छन्, तर कहिलेकाहीं यो उल्टो पनि हुन्छ । यसैबीच ती फिल्महरूको बारेमा चर्चा गरौं जसको सिक्वेलले पहिलो पार्टभन्दा धेरै कमाई गरेको छ र बक्स अफिसमा धेरै कीर्तिमान बनाएको छ ।

बाहुबली २


एसएस राजामौलीलाई हिट मेसिन पनि भनिन्छ । उनले आफ्नो करियरमा एउटा पनि फ्लप फिल्म बनाएका छैनन् । सन् २०१५ मा आएको उनको फिल्म बाहुबलीले मानिसहरुबाट धेरै प्रशंसा बटुलेको थियो तर यसको दोस्रो भागले कमाईका सबै रेकर्ड तोडेको थियो । प्रभास स्टारर बाहुबली २ २०१७ मा रिलीज भयो र विश्वभर १८०० करोड भन्दा बढी कमाई गर्यो ।

केजीएफ २


यशको केजीएफ २ को नाम पनि यो सूचीमा समावेश छ । यो फिल्मलाई दक्षिण भारतसँगै उत्तरमा पनि रुचाइएको थियो । फिल्मले हिन्दी क्षेत्रमा राम्रो व्यापार गरेको थियो । यसमा सञ्जय दत्त, रविना टण्डन, श्रीनिधि शेट्टी मुख्य भूमिकामा थिए। फिल्मले विश्वभर १२ सय करोड कमाएको थियो ।

२.०


रजनीकान्त साउथका ठूला सुपरस्टार मध्येका एक हुन् । उनका फ्यानहरु उनको फिल्मको प्रतिक्षामा हुन्छन् । शंकरद्वारा निर्देशित रोबोटमा रजनीकान्तलाई निकै रुचाइएको थियो । धेरै वर्ष पछि, जब यसको सिक्वेल आयो, मानिसहरूले यसलाई धेरै माया दिए । फिल्मले विश्वभरका सिनेमा हलबाट ७२० करोड भारु कलेक्सन गरेको थियो ।

टाइगर जिन्दा हे


सलमान खानलाई बलिउडका ठूला स्टार मध्ये एक मानिन्छ । उनका फिल्मले बक्स अफिसमा बम्पर कमाइ गर्छन् । ‘एक था टाइगर’को सिक्वेलमा पनि यस्तै भएको छ । जब फिल्म रिलिज भयो, बक्स अफिसमा धेरै रेकर्डहरू ध्वस्त भयो । फिल्मले विश्वभर ५ सय ६५ करोडको व्यापार गरेको थियो ।