• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

किशोरीलाई अश्लील फोटो खिचाएको आरोप लगाइएका बीबीसीका एक कर्मचारी निलम्बित



एजेन्सी । बीबीसीका एक प्रस्तोताले एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौं पाउण्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ ।

यसअघि बेलायती संस्कृतिमन्त्री लुसी फ्रेजरले बीबीसीका महानिर्देशक टिम डेभीसँग आफूले यस विषयमा भेटी गम्भीर चिन्ता व्यक्त गरेको बताइन् ।

बीबीसीका एक प्रस्तोताले आफ्नो बच्चालाई तीन वर्षको अवधिमा ४५ हजार अमेरिकी डलरभन्दा बढी रकम तिरेको ती युवतीकी आमालाई उद्धृत गर्दै द सन पत्रिकाले जनाएको छ ।

गत मे महिनामा भुक्तानी सुरु हुँदा १७ वर्षका भनिएका ती युवतीको परिवारले बीबीसीमा उजुरी गरेपछि पनि प्रस्तोता एक महिनासम्म प्रसारणमा आएको दाबी गरिएको छ ।

बीबीसीले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘पहिलो पटक मे महिनामा उजुरीबारे थाहा पाएको’ पुष्टि गरेको छ ।

“बिहीबार हामीमाथि फरक प्रकृतिको नयाँ आरोप लगाइएको छ र हाम्रो आफ्नै सोधपुछका अतिरिक्त हामी हाम्रो प्रोटोकलअनुसार बाह्य अधिकारीहरूसँग पनि सम्पर्कमा छौं,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आरोपित कर्मचारीका रूपमा काम गर्दै आएका एक पुरुष सदस्यलाई निलम्बन गरिएको छ ।”

बीबीसीले भनेको छ, “यो जटिल तर द्रूत गतिमा चलिरहेको परिस्थिति हो र उचित अर्को कदमहरूलाई सही तरिकाले सूचित गर्न सकियोस् भनी बीबीसीले यथाशीघ्र तथ्यहरू स्थापित गर्न काम गरिरहेको छ ।”

बीबीसीले ‘कुनै पनि आरोपलाई गम्भीरतापूर्वक लिएको’ र ‘यस्ता आरोपहरूको सक्रियतापूर्वक सामना गर्न बलियो आन्तरिक प्रक्रिया’ रहेको बताएको छ ।