६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका माओवादी सांसद मगरले भने – राजीनामा दिने मनसाय बनाइसकेँ



अ+ अ-

विराटनगर । कोशी प्रदेशका नेकपा (माओवादी केन्द)का सासंद नारायण बुर्जा मगरले राजीनामा दिने मनसायमा पुगेको बताएका छन् ।

दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य मगरले पदबाट राजीनामा दिने मनसायमा पुगेको जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा गुनासो पोख्दै सांसद मगरले पार्टीमा दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्यांकन गर्न नसकेको र कोशी प्रदेश सरकार गठनप्रति आफ्नो विमति भएको उल्लेख गरेका छन् ।

शनिबार बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारयाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, आज माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि उनी असन्तुष्ट बनेका हुन् ।

मंसिरमा भएको निर्वाचनमा उनी उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट निर्वाचित माओवादी सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि मगर सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।