११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाईफको आईपीओ ओभर‌ सस्क्राइभड, तेस्रो दिनसम्म ८लाख लगानीकर्ताको आवेदन



अ+ अ-

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सेयरमा ८ लाख आवेदनकर्ताले आवेदन दिएका छन् । कम्पनीले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ ।

यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता सस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।

बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको आईमई लाईफको तेस्रो दिनसम्ममा ८ लाख लगानीकर्ताले आवेदन दिएका हुन् ।

उक्त कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकका अनुसार आइतबार बिहानसम्ममा ८ लाख ९३ जना लगानीकर्ताले १ करोड ५० हजार ४ सय ५० किक्ता सेयर माग गर्दै आवेदन दिएका हुन् ।