२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितहरूको संसद् घेराउ गर्दै प्रदर्शन



अ+ अ-

काठमाडौँ । मिटरब्याजविरुद्धको कानून पारित गराउन माग गर्दै मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् । मिटर ब्याज विरुद्धको संघर्ष समिति, नेपालको आयोजनामा पीडितहरू र्‍यालीसहित नयाँ बानेश्वर पुगेर संघीय संसद् भवन घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कारण मिटरब्याजी नियन्त्रणका लागि ल्याइएको अध्यादेश निष्क्रिय बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत रास्वपा र राप्रपाले संसद् अवरुद्ध पारेपछि मिटर ब्याजी नियन्त्रणका लागि ल्याइएको अध्यादेश निष्क्रिय बनेको थियो ।

प्रदर्शनका क्रममा उनीहरूले तीन पार्टीमाथि सामन्तको मतियार बनेको आरोप लगाएका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘सुदखोर महाजनलाई कारबाही गर’, ‘चैत १८ गतेको सहमति लागु गर जस्ता नारा लगाएका थिए ।