१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण

बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण
अ अ+ अ-

त्रिपोली, लिबिया । अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक विज्ञप्तिमा भने, “आज अघि, प्रधानमन्त्रीको काफिलेलाई सुक अल–जुमा जिल्ला ९मध्य त्रिपोली० मा लाइसेन्स प्लेट बिनाको गाडीमा सवार व्यक्तिहरूले सशस्त्र आक्रमणको शिकार बनाएको थियो।“ । आक्रमणमा कुनै हताहत नभएको पुष्टि गर्दै अल–अरबीले “देशको राजनीतिक घटनाक्रम“ विरुद्धको विरोधपछि उक्त घटना भएको बताएका छन् ।

“आन्तरिक मन्त्रालयले यस आपराधिक कार्यको निन्दा गर्दछ,“ प्रवक्ताले भने, “अपराधीहरूलाई न्यायको दायरामा ल्याउन अनुसन्धान भइरहेको छ।“प्रतिनिधिसभा ९संसद्०ले फाथी बाशाघालाई देशको नयाँ प्रधानमन्त्रीका लागि सर्वसम्मतिले मतदान गरेको केही घण्टापछि विज्ञप्ति जारी गरिएको हो ।

यद्यपि, डेबिबाले मङ्गलबार उनको चुनाव नभएसम्म पदमा रहने र “निर्वाचित सरकारलाई मात्र शक्ति हस्तान्तरण गर्ने।“ बताएका थिए ।उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो।

लिबियाको संसद्ले गत वर्ष सेप्टेम्बरमा डबेबाहको सरकारबाट विश्वास फिर्ता लिएको थियो र यसलाई कामचलाउ सरकारको रूपमा राखेको थियो। लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने भनिएको थियो तर प्राविधिक र कानुनी कारणले अनिश्चितकालका लागि स्थगित गरिएको थियो । (रासस–एएनआई-सिन्ह्वा)