१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो शीर्ष नेताको बैठक, ओलीले भन्नुभयो– भरे देख्नुहुन्छ



अ+ अ-

काठमाडौँ । संसद्का दुवै सदन खुलाउने विषयलाई लिएर भएको तीन दलका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बैठक बसेको थियो । बैठकपछि देउवा र ओली बाहिरिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएका सन्दर्भमा प्रधानमन्त्री बैठकमा समाधानबारे शीर्ष नेताको बैठक राख्नुभएको थियो ।

बैठकबाट बाहिरिने क्रममा देउवा प्रतिक्रिया दिनुभएन । त्यस्तै एमाले अध्यक्ष ओलीले खासै प्रतिक्रिया दिन मान्नुभएन । आजको बैठकमा के सहमति भयो ?सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भन्नुभयो, “भरे देख्नुहुन्छ।”

आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्रीको अनुरोधमा सभामुख देवराज घिमिरेले सदन २ घण्टा पछि सार्नुभएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने माग राखेका छन् । तर सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।