• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

आइएमई लाइफको आईपीओमा दुई दिनमै साढे ४ लाख लगानीकर्ताको आवेदन



काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा ४ लाख ४० हजार आवेदनकर्ताले आवेदन दिएका छन् ।

बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आइपीओ निकालेको आइएमई लाइफको २ दिनमै करिब साढे ४ लाख लगानीकर्ताले आवेदन दिएका हुन् ।

उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार शुक्रबारसम्ममा ४ लाख ४० हजार ५५५ जना लगानीकर्ताले ५६ लाख ४८ हजार २ सय कित्ता सेयर माग गर्दै आवेदन दिएका हुन् ।

कम्पनीले प्रतिकित्ता २३६।९१ रुपैयाँमा जारी पूँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।