३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



अ+ अ-

काठमाडौँ । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको नेकपा (एमाले)ले पछिल्लो समय संसद बैठक चल्न सकेको छैन । जसका कारण राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रभावित भएको छ प्रतिनिधिसभाको बैठक पनि बस्न सकेको छैन ।

आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।

साथै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐलाई संशोधन गर्ने विधेयक पनि प्रस्ताव प्रस्तुत गरिनेछ भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल, संशोधनलाई निर्णयार्थ प्रस्तुत तथा  पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठक बिहान ११ः३१ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायतका मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।