१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँचल शर्माले दुई फेसबुक पेजविरुद्ध दिइन् साइबर ब्यूरोमा उजुरी



अ+ अ-

काठमाडौँ । अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने गरी सामग्री पोस्ट गरेको भन्दै दुई फेसबुक पेजविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

बिना अनुमति आफ्नो फोटोसहित गलत सामग्री लेख्ने दुई फेसबुक पेजविरुद्ध उनले साइबर ब्यूरोमा शनिबार उजुरी दिएकी हुन् ।

अभिनेत्री शर्माले हालैको एक अन्तर्वार्तामा अभिनेता दयाहाङ राईबारे प्रतिक्रिया दिएको भन्दै यी फेसबुक पेजले भ्रामक सामग्री पोस्ट गरेका थिए ।

आँचलले आफ्नो अनुमतिबिना फोटोसहित चरित्रमा आँच आउने गरी भ्रमपूर्ण समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम हदैसम्मको कारबाही गर्न माग राखेकी छन् ।

आँचलले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडिओ, अडियो, तस्बिर , अक्षर स्क्रिनशट पनि पेश गरेकी छन् ।