२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र लिङ्देन पशुपतिनाथ आरतीमा, हिन्दुराष्ट्र पुनःस्थापनामा साथ दिन आग्रह



अ+ अ-

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाउने शक्तिशाली संकल्प गर्न जनसमुदायलाई आग्रह गर्नुभएको छ ।

शनिबार साँझ पशुपतिनाथ मन्दिरको नित्य आरतीमा सहभागी हुँदै लिङ्देनले हिन्दुत्वप्रति जनताको आस्था र विश्वासको उच्च सम्मान व्यक्त गर्दै नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्ने अभियानमा साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताउनुभएको छ।

पार्टीका नेता कार्यकर्ता सहित आरतीमा पुगेका लिङ्देनले जनताको तागतको बलमा केही वर्षभित्रै नेपाल पुनः हिन्दुराष्ट्र बन्न सम्भव भएको उल्लेख गर्दै मन हिन्दुत्व तर्फ र मत धर्म निरपेक्षतर्फ नगर्न हिन्दु धर्मावलम्बीलाई आग्रह गर्नुभएको छ।

आज हामी पशुपतिनाथको आरतीमा छौं, लिङ्देनले भन्नुभयो”आजकै दिन हिन्दुराष्ट्र पुनःस्थापनाको शक्तिशाली संकल्प गरौं, कुनै तागतले हिन्दुराष्ट्र पुनःस्थापना हुनबाट रोक्न सक्ने छैन ।”