१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद र शिक्षालाई सँगसँगै लैजानुपर्छः पूर्वमेयर शाक्य



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय खेलकुद महासंघ काठमाडौं जिल्ला कमिटीद्घारा आयोजित राष्ट्रिय प्रशिक्षक र प्रशिक्षार्थीहरूको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले तत्कालीन अवस्थामा आफूहरू युवासंघमा हुँदा खेल क्षेत्रको विकासका लागि खेलकुद मन्त्रालयको माग गरेको बताए । ‘हामी युवासंघमा भएको बेला सरकारले खेलकुद क्षेत्रलाई कुनै महत्व दिँदैन थियो’ शाक्यले भने, ‘हाम्रै पहलमा खेलकुद मन्त्रालय स्थापना भयो, अहिले त प्रेदश र स्थानीय तहमा पनि खेलकुदलाई महत्व दिएको छ ।’

उनले खेलकुद र शिक्षालाई सँगसँगै लैजादा मात्र देशमा स्वास्थ्य र सक्षम नागरिकको उत्पादन हुने बताए । उनी काठमाडौं महानगरको मेयर भएको बेला प्रत्येक वर्ष बहुउदेश्यीय मार्शल आट्र्स केन्द्रका लागि १ करोड बजेट दिने गरेका थिए । उक्त केन्द्रमा अहिले एक सय हाराहारी बच्चाहरूले जिम्न्यस्टिक प्रशिक्षण लिइरहेका छन् ।

सम्मान कार्यक्रममा केन्द्रका प्रहिक्षार्थीहरूले विभिन्न खेल कौशल देखाएका थिए । उनीहरूले जिम्न्यास्टिकका विभिन्न विद्याका कलाहरू र सांस्कृति नृत्यहरू पनि देखाएका थिए ।

महासंघले ७० जना प्रशिक्षार्थीहरूलाई सम्मान पत्र दिए । केन्द्रसँगको सम्मन्वयमा आयोजना भएको उक्त कार्यक्रममा प्रशिक्षक र अन्य विभिन्न समयमा राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलेका खेलाडी तथा प्रशिक्षकहरूलाई समेत सम्मान पत्र प्रदान गरेको थियो ।

नेकपा एमाले निकट खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले पनि शिक्षा र खेलकुदसँगसै हुनुपर्नेमा जोड दिए । उनले एमाले अहिले खेलकुद र शिक्षालाई एकाकार गरेर लैजाने नीतिमा रहेको बताए । उनले विद्यालय र विश्वविद्यालयमा समेत खेलकुद राख्नुपर्ने बताए । उनले भने, ‘खेल र शिक्षालाई एउटा युवाले राष्ट्रको नाम राख्ने र आफ्नो जीवनलाई समेत सहजरूपमा अगाडि बढाउँछ ।’

त्यस्तै काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले केन्द्रलाई वडाले वार्षिक २ लाख दिने बताए । अहिले नेपालको नीति अस्पतल बनाउने, स्कुल बनाउने मात्र भएको भन्दै उनले खेलकुदलाई अझैपनि छायाँको रूपमा हेरिएको बताए ।

उनले मानिसलाई कसरी स्वास्थ्य बनाउने भन्ने नीति आवश्यक भएपनि विरामीलाई कसरी उपचार गर्ने भन्नेमा केन्द्रित रहेको बताए । अध्यक्ष रिजालले वडाले यस केन्द्रका उत्कृष्ट केही खेलाडीहरूलाई निःशुल्क रूपमा विभिन्न विद्यालयमा अध्ययन गराउने समेत बताए ।

खेलकुद महासंघका काठमाडौं शाखा एवं केन्द्रका अध्यक्ष राजेश्वर मान स्थापितले केन्द्रमा आफ्नो नानी बाबुहरूलाई पठाएकोमा अभिवाकहरूलाई धन्यवाद दिए । आफूहरूले यस केन्द्रबाट उत्पादित खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसमेत बनाउने उदेश्य राखेको भन्दै उनले अभिभावकलाई त्यसरी नै आफ्नो बच्चालाई साथ दिन आग्रह गरे ।