१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’

खेलकुद र शिक्षालाई सँगसँगै लैजानुपर्छः पूर्वमेयर शाक्य

खेलकुद र शिक्षालाई सँगसँगै लैजानुपर्छः पूर्वमेयर शाक्य
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय खेलकुद महासंघ काठमाडौं जिल्ला कमिटीद्घारा आयोजित राष्ट्रिय प्रशिक्षक र प्रशिक्षार्थीहरूको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले तत्कालीन अवस्थामा आफूहरू युवासंघमा हुँदा खेल क्षेत्रको विकासका लागि खेलकुद मन्त्रालयको माग गरेको बताए । ‘हामी युवासंघमा भएको बेला सरकारले खेलकुद क्षेत्रलाई कुनै महत्व दिँदैन थियो’ शाक्यले भने, ‘हाम्रै पहलमा खेलकुद मन्त्रालय स्थापना भयो, अहिले त प्रेदश र स्थानीय तहमा पनि खेलकुदलाई महत्व दिएको छ ।’

उनले खेलकुद र शिक्षालाई सँगसँगै लैजादा मात्र देशमा स्वास्थ्य र सक्षम नागरिकको उत्पादन हुने बताए । उनी काठमाडौं महानगरको मेयर भएको बेला प्रत्येक वर्ष बहुउदेश्यीय मार्शल आट्र्स केन्द्रका लागि १ करोड बजेट दिने गरेका थिए । उक्त केन्द्रमा अहिले एक सय हाराहारी बच्चाहरूले जिम्न्यस्टिक प्रशिक्षण लिइरहेका छन् ।

सम्मान कार्यक्रममा केन्द्रका प्रहिक्षार्थीहरूले विभिन्न खेल कौशल देखाएका थिए । उनीहरूले जिम्न्यास्टिकका विभिन्न विद्याका कलाहरू र सांस्कृति नृत्यहरू पनि देखाएका थिए ।

महासंघले ७० जना प्रशिक्षार्थीहरूलाई सम्मान पत्र दिए । केन्द्रसँगको सम्मन्वयमा आयोजना भएको उक्त कार्यक्रममा प्रशिक्षक र अन्य विभिन्न समयमा राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलेका खेलाडी तथा प्रशिक्षकहरूलाई समेत सम्मान पत्र प्रदान गरेको थियो ।

नेकपा एमाले निकट खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले पनि शिक्षा र खेलकुदसँगसै हुनुपर्नेमा जोड दिए । उनले एमाले अहिले खेलकुद र शिक्षालाई एकाकार गरेर लैजाने नीतिमा रहेको बताए । उनले विद्यालय र विश्वविद्यालयमा समेत खेलकुद राख्नुपर्ने बताए । उनले भने, ‘खेल र शिक्षालाई एउटा युवाले राष्ट्रको नाम राख्ने र आफ्नो जीवनलाई समेत सहजरूपमा अगाडि बढाउँछ ।’

त्यस्तै काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले केन्द्रलाई वडाले वार्षिक २ लाख दिने बताए । अहिले नेपालको नीति अस्पतल बनाउने, स्कुल बनाउने मात्र भएको भन्दै उनले खेलकुदलाई अझैपनि छायाँको रूपमा हेरिएको बताए ।

उनले मानिसलाई कसरी स्वास्थ्य बनाउने भन्ने नीति आवश्यक भएपनि विरामीलाई कसरी उपचार गर्ने भन्नेमा केन्द्रित रहेको बताए । अध्यक्ष रिजालले वडाले यस केन्द्रका उत्कृष्ट केही खेलाडीहरूलाई निःशुल्क रूपमा विभिन्न विद्यालयमा अध्ययन गराउने समेत बताए ।

खेलकुद महासंघका काठमाडौं शाखा एवं केन्द्रका अध्यक्ष राजेश्वर मान स्थापितले केन्द्रमा आफ्नो नानी बाबुहरूलाई पठाएकोमा अभिवाकहरूलाई धन्यवाद दिए । आफूहरूले यस केन्द्रबाट उत्पादित खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसमेत बनाउने उदेश्य राखेको भन्दै उनले अभिभावकलाई त्यसरी नै आफ्नो बच्चालाई साथ दिन आग्रह गरे ।