२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावणले कसरी पायो पुष्पक विमान ?



अ+ अ-

एजेन्सी । पुष्पक विमान रावणको अद्भुत सम्पत्ति मध्ये एक थियो । तर के तपाईलाई थाहा छ रावणले यो विमान कसरी पायो ? पौराणिक सन्दर्भमा विज्ञान खोज्नेहरूले प्राचीन भारतीय विज्ञान आधुनिक विज्ञानभन्दा बढी समृद्ध भएको विश्वास गर्छन् ।

पुष्पक विमान भगवान विश्वकर्माले भगवान ब्रह्माको लागि निर्माण गरेका थिए । ब्रह्माजीले कुबेरलाई पुष्पक विमान प्रदान गरे । जब रावणलाई यो अद्भुत विमानको बारेमा थाहा भयो, उनले आफ्नो जेठो दाजु कुबेरबाट पुष्पक विमान खोसे । रावणको मृत्युपछि विभीषण यसको अधिपति बने र उनले फेरि कुबेरलाई दिए । कुबेरले रामलाई उपहार दिए । लंका विजयपछि राम यही विमानबाट अयोध्या पुगेका थिए ।

पुष्पक विमानको आकार मयूरको जस्तै थियो । यो विमान मन्त्र द्वारा प्रमाणित भएको थियो । पुष्पक विमान एक लडाकु विमान थियो, जसको बारेमा जानकारी सुन्दरकाण्ड (रामायण) को सातौं अध्यायमा पाइन्छ । यो विमान हावा र आगोको उर्जामा उड्ने गर्दथ्यो ।

यसको अद्वितीय डिजाइनको कारण, पुष्पक विमानको आकार घटाउन र ठूलो गर्न सकिन्छ । यो विमान मालिकको इच्छा अनुसार सोही ठाउँमा पुर्‍याउने गर्दथ्यो । यसको गति एकदमै तेज थियो र चालकको इच्छा अनुसार जुनसुकै दिशामा हिड्न सकिन्थ्यो ।

यो सबै मौसममा वातानुकूलित अर्थात् एसी विमान थियो । यो विमानमा सुनको खम्बा रहेको बताइएको छ । यसका पाइलाहरूमा बहुमूल्य रत्नहरू जडिएका थिए । यसमा धेरै क्याबिन पनि बनाइएका थिए । विमानमा नीलमणिले बनेको सिंहासन थियो । यो विमान राति पनि उड्न सक्ने क्षमता थियो । पुष्पक विमान मन्त्रद्वारा सिद्ध भएको थियो । चालकले ती मन्त्रहरू जप्थे, त्यसपछि यो विमान उड्थ्यो ।