२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्ने १० वटै टिम फाइनल



अ+ अ-

एजेन्सी । अक्टोबर ५ देखि भारतमा हुने एकदिवसीय विश्वकपका लागि १० टोलीको टुङ्गो लागेको छ । सन् १९९६ को च्याम्पियन श्रीलंका र नेदरल्याण्ड्स यस मेगा क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन् भने २ पटकको च्याम्पियन वेस्ट इन्डिज छनोट हुन सकेन ।

बिहीबार राति नेदरल्यान्ड्स छनोट भएसँगै एकदिवसीय विश्वकपमा सहभागी १० टोलीको टुंगो लागेको छ । विश्वकपको अघिल्लो तालिकामा क्वालिफायर–१ र क्वालिफायर–२ को नाममा खेलहरू देखाइएको थियो । अब नेदरल्याण्ड्स क्वालिफायर–१ र श्रीलंका क्वालिफायर–२ टोली रहने पक्का भएको छ ।

चार दिनअघि जिम्बावेलाई ४ विकेटले पराजित गर्दै श्रीलंका छनोट भएको हो । छनोटको सुपर–६ चरणको अंक तालिकाको शीर्ष स्थानमा रहेको श्रीलंकाले नेदरल्यान्ड्सलाई पछि पारे पनि टोली क्वालिफायर–२ मा झर्यो ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सबै टोलीले राउण्ड रोबिन ढाँचामा एकअर्कासँग ९–९ खेल खेल्नेछन् । नोभेम्बर १२ मा हुने अन्तिम लिग खेलपछि अंक तालिकाको शीर्ष चारमा रहेका टोलीले सेमिफाइनल खेल्नेछन् । पहिलो र चौथो नम्बरमा रहने टोलीबीच सेमिफाइनल–१ र दोस्रो र तेस्रो नम्बरमा रहने टोलीबीच सेमिफाइनल–२ हुनेछ ।

यदि भारत र पाकिस्तान दुवै सेमिफाइनलमा पुग्न सकेनन् भने सेमिफाइनल–१ मुम्बईमा र सेमिफाइनल–२ कोलकातामा हुनेछ । र फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादमा हुनेछ ।