२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता ताम्राकारको पशुपतिमा अन्त्येष्टी गरियो



अ+ अ-

काठमाडौँ । फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सारुकको पार्थिव शरीरमा बुबा सानु ताम्राकारले दागबत्ती दिएका थिए । पशुपति आर्यघाटमा ताम्राकारलाई अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार अपरान्ह फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।

सारुकको शवलाई त्यहाँ आर्यघाट लैजाँदा त्यहाँको माहोल स्तब्ध र भावुक बनेको थियो । कतिपय कलाकारले अभिनेताको सम्झनामा आँसुसमेत बगाएका छन् ।

ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । ३१ वर्षीय ताम्राकार घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेका हुन् ।

ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गरेका थिए । उनी पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’ को अभिनयमा ब्यस्त थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।