• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   टीओआरमा ४ बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित



फाईल फोटो

काठमाडौँ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

केही दिनअघि आफूलाई प्रधामनमन्त्री बनाउन सरदार प्रीतम सिंह धेरै पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले बुधबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक चल्न दिएको छैन । एमालले प्रधानमन्त्रीको राजीनामा मागेको छ ।

एमालेले शुक्रबारको राष्ट्रियसभा बैठकमा अवरोध गरेको थियो । उसले प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको थियो । एमालेको उक्त अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।

सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्न आग्रह गर्नुभएको बताउनुभयो ।

संसद अवरुद्ध हुँदा मिटरब्याज सम्बन्धी विधेयक पास हुन नसक्नु राम्रो नभएको उल्लेख गर्दै सभामुख घिमिरेले दलहरुको ध्यानाकर्षण गराउनुभएको छ । अधिकारीका अनुसार सभामुखले भन्नुभएको छ, “तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सिसम्ममा सहमति गर्नुहोला ।”