४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ?

सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ?
अ+ अ-

नेपालमा गणतन्त्रको शुरुवात भएको एक दशक बढी भइसकेको छ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो ।

रिपब्लीक अर्थात् गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो, जहाँ राजा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधिहरुले शासन गर्ने गर्दछन् । नेपालमा गणतन्त्र आउनुभन्दा अगावै मुलुकमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे । राष्ट्रप्रमुख हुनका लागि राजपरिवारमै जन्मिएका व्यक्ति, राजपाठमा हुर्किएका राजाका छोराछोरी मात्र हुन पाउने व्यवस्था थियो ।

तर आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, स्वईच्छा अनि राष्ट्रप्रेमका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । वि.सं. २०६५ जेठ १५ गते ऐतिहासीक संविधान सभाको बैठकले २४७ वर्षदेखिको लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघिय गणतान्त्रिक मुलुक घोषणा गरेपश्चातको संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गर्यो ।

वि.सं. २०७३ साल कात्तिक १२ गते श्रीमती विद्यादेवी भण्डारीलाई गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति अनि तेस्रो राष्ट्रपतिको रूपमा वि सं २०७९ साल फागुन २९ रामचन्द्र पौडेललाई घोषणा गरेको छ । नेपालमा गणतन्त्र त्यसै आएको होइन, गणतन्त्र नेपाली जनताको दशकौं लामो संघर्ष र अथक बलिदानबाट प्राप्त भएको हो ।

‘हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए ।
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।’

१० वर्षे सशस्त्र द्वन्दमा विरगती पाएका ति महान् शहिदहरु जसले नेपालमा गणतन्त्र स्थापनाका लागि आफ्नो जिवनको आहूती दिएका छन् । ति तमाम नेपाली अमर आत्माहरुलाई चीर शान्तिको कामना गर्दछु । उहाँहरूको त्यो बलिदानका कारण नै आज हामी गणतान्त्रिक नेपाल भन्दै टाउको उठाउन पाएका छौँ ।

तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? बन्दुकको नालले चरा मारेझैं मान्छे मारेको ? तपाईँ कल्पना गर्न सक्नुहुन्छ जिउँदो मानिसलाई चौतारामा बाधेर पेन्सिल तिखारे जसरी रेटी रेटी मारेको ?

आज पनि घरका भित्तामा लागेका गोलीका खत आलै छन् । रगतका खोलाहरु बगेका चोक चौतारामा अझै पनि गणतन्त्र गणतन्त्र गुञ्जिरहेको सुनिन्छ ।

त हिजोको संघर्षको उपलब्धि खै के ?
नेपालीहरुले देशमै बसेर जिविकोपार्जन गर्न सक्ने अवस्था कहिले आउँछ कमरेडहरु ?
तिम्रा मुलुकमा विधीको शासन कहिले आउँछ ?

तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ?
सहिदले हेरी बसेका छन् है, होसियार !

गणतन्त्रले धेरैलाई निरासा दिएपनि सानातिना उपलब्धिलाई हेरेर भए पनि चित्त बुझाउँदै अगाडि बढ्नुको विकल्प छैन । किनभने गणतन्त्र नै देश र जनताको पहिलो विकासको आधार हो ।

मुलुकले राजनीतिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस्, हिमाल पहाड तराई जतासुकै गणतन्त्रको लहर छाओस् । तहमा पुगेकालाई मात्र गणतन्त्र नआओस् । सबै नेपालीहरुले गर्वका साथ गणतान्त्रिक मुलुक नेपाल भन्दै आवाज बुलन्द गर्न सकुन ।गणतन्त्र दिवसको शुभकामना ।