• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ

बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित



फाईल फोटो

काठमाडौँ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

केही दिनअघि आफूलाई प्रधामनमन्त्री बनाउन सरदार प्रीतम सिंह धेरै पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले बुधबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक चल्न दिएको छैन । एमालले प्रधानमन्त्रीको राजीनामा मागेको छ ।

एमालेले शुक्रबारको राष्ट्रियसभा बैठकमा अवरोध गरेको थियो । उसले प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको थियो । एमालेको उक्त अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।

सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्न आग्रह गर्नुभएको बताउनुभयो ।

संसद अवरुद्ध हुँदा मिटरब्याज सम्बन्धी विधेयक पास हुन नसक्नु राम्रो नभएको उल्लेख गर्दै सभामुख घिमिरेले दलहरुको ध्यानाकर्षण गराउनुभएको छ । अधिकारीका अनुसार सभामुखले भन्नुभएको छ, “तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सिसम्ममा सहमति गर्नुहोला ।”