• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु



symbolic picture

कृष्णनगर । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी यशोधरा–२ गणेशपुरका ३२ वर्षीय हरिसचन्द्र मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार हावाहुरीसँगै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा विद्युत् अवरुद्ध बनेको थियो । सोही ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर मिश्रको मृत्यु भएको विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले जनाएको छ । रासस