२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल गान्धीको सांसद फिर्ता नहुने, दोषी ठहर गर्न रोक लगाउने निवेदन गुजरात उच्च अदालतमा खारेज



अ+ अ-

अहमदाबाद । गुजरात उच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको ‘मोदी उपनाम’ टिप्पणीलाई लिएर आपराधिक मानहानि मुद्दामा दोषी ठहर गर्न रोक लगाउन माग गर्ने याचिका खारेज गरेको छ। उच्च अदालतको उक्त फैसलासँगै राहुल गान्धीको दुई वर्षको सजाय यथावत रहनेछ र उनको सांसद पद फर्कने छैन।

राहुल गान्धीलाई सुरत अदालतले आपराधिक मानहानि मुद्दामा २ वर्षको जेल सजाय सुनाएको थियो र पछि उक्त सजायलाई रोक्ने निवेदन पनि खारेज गरिएको थियो।

यो निर्णयपछि राहुल गान्धीको संसद् सदस्यता खारेज भएको थियो र उनले आफ्नो सरकारी भवन पनि खाली गर्नुपरेको थियो । राहुल गान्धीले सूरत अदालतको यस निर्णयविरुद्ध गुजरात उच्च अदालतमा याचिका दायर गरेका थिए।

सन् २०१९ मा कर्नाटकको कोलारमा एक चुनावी र्‍यालीमा दिएको राहुल गान्धीको कथित आपत्तिजनक अभिव्यक्तिलाई लिएर गुजरातका बीजेपी विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए।

न्यायाधीश प्रच्छकले मे महिनामा राहुल गान्धीको निवेदनको सुनुवाइ गर्दा कुनै पनि अन्तरिम राहत दिन अस्वीकार गरेका र गर्मी बिदा पछि अन्तिम आदेश पारित गर्ने बताएका थिए।

राहुल गान्धीका वकिलले अप्रिल २९ मा भएको सुनुवाइका क्रममा गुजरात उच्च अदालतमा बहस गर्दै जमानत योग्य र गैर–अज्ञात अपराधका लागि अधिकतम दुई वर्षको सजायको अर्थ गान्धीले आफ्नो लोकसभा सीट गुमाउन सक्ने बताएका थिए ।

सूरतको मेट्रोपोलिटन मजिस्ट्रेट अदालतले मार्च २३ मा राहुल गान्धीलाई भारतीय दण्ड संहिता (आईपीसी) को धारा ४८८ र ५०० (आपराधिक मानहानि) अन्तर्गत गुजरातमा भारतीय जनता पार्टी (भाजपा) का विधायक पूर्णेश मोदीले दायर गरेको २०१९ मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएको थियो ।

उक्त फैसलापछि गान्धीलाई जनप्रतिनिधित्व ऐनको प्रावधानअनुसार संसद्को सदस्यताबाट अयोग्य घोषित गरिएको थियो । राहुल गान्धी २०१९ मा केरलाको वायनाडबाट लोकसभामा निर्वाचित भएका थिए।




भर्खरै