काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमा बहस गर्न १० मिनेटको समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोकिदिए पनि वरिष्ठ अधिवक्ताहरुको हकमा भने टाइमकार्ड लागू गरिएको छैन ।
शुक्रबारबाट संसद विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ सुरु भएसंगै अहिले रिट निवेदक सन्तोष भण्डारीले बहस गर्दैछन् ।
प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।











