१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमी मञ्चको ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चयन हुनु भएको छ । सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा चयन हुनु भएको हा ।

उक्त साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गर्नुभयो साधारण सभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन हुनु भएको छ ।

नयाँ नेतृत्वले संस्थालाई नयाँ अवधारणामा अघि बढाउने विश्वास गरिएको जनाएको छ।समाारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित हुनु भएको थियो ।