३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानका महानिर्देशकलाई पर्यटनमन्त्रीको दोस्रो स्पष्टीकरण



file photo
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमँन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोध्नुभएको छ ।

पहिलो पटका सोधिएको स्पष्टीकरणको जवाफ दिन महानिर्देशक अधिकारीले अस्वीकार गरेपछि मन्त्री किरातीले दोस्रो पटक स्पष्टीकरण सोध्नुभएको हो । महानिर्देशक अधिकारीलाई तीन दिनभित्र दोस्रो पटकको पत्रको जवाफ दिन भन्दै मन्त्रालयले पत्र पठाएको छ ।

दोस्रो पटकको पत्रमा भनिएको छ, “मन्त्रालयको असार ११ गतेको पत्रबाट तपाईंबाट सम्पादित कार्यसँग सम्बन्धित ९ बुँदाका विषयमा सात दिनभित्र जवाफ सहितको विवरण पेश गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) निर्णयबाट लेखी पठाएको निर्धारित समय सीमाभित्र तपाईंबाट स्पष्ट जवाफसहितको विवरण पेश हुन नआएकाले के कति कारणले समयमा नै स्पष्ट जवाफसहितको विवरण पेस नगर्नु भएको हो ?”

पत्रमा तोकिएको समयमा स्पष्टीकरण नपठाए मन्त्री परिषद्को निर्णयअनुसार कानूनबमोजिम अघि बढ्ने उल्लेख छ ।

यसअघि पर्यटनमन्त्री किरातीले असार ११ गते महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोध्नुभएको थियो । एक साताभित्र जवाफ माग्दै मन्त्री किरातीले स्पष्टीकरण सामाजिक सञ्जालमा राखेपछि महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरूरी वा गोप्य पत्र भनी लेखेर सोध्नुपर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरेकोमा आपत्ति जनाउनुभएको थियो ।

ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभएको थियो, “फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिँदैन, स्पष्टीकरण सोध्ने पनि नियम, कानून र तरिका होला नि, फेसबुकभरि सोधिएका स्पष्टीकरणको मैले कसरी जवाफ दिनु रु”

स्पष्टीकरणको जवाफ नदिने अडान लिनुभएका महानिर्देशक अधिकारीले सोमबार सामाजिक सञ्जालमा नागरिक उड्डयन प्राधिकरण स्वायत्त निकाय रहेको बताउनुभएको थियो ।