२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध



अ+ अ-

काठमाडौँ । ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुरमा आज आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिका र गुल्मीको मालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

ललितपुर महानगरपालिकाको तर्फबाट नगरप्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । सो अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले असल सम्बन्ध र अभ्यासको आदानप्रदान भएको बताउनुभयो ।

“असल अभ्यासको आदानप्रदान गर्नुपर्छ । भूगोल फरक भए पनि धेरै कुरालाई साटासाट गर्न सकिन्छ । मितेरी सम्बन्धले ललितपुरको कला, संस्कृति र सम्पदाको विकास मालिका गाउँपालिकामा पनि हुनेछ भन्ने विश्वस छ । थोरैबाट सहयोगको सुरुआत यो वर्षबाट हुन्छ, निरन्तरता दिन्छौँ”, नगरप्रमुख महर्जनले भन्नुभयो ।

बागमती प्रदेशका एक सय १९ वटा पालिकामध्ये ललितपुर महानगरपालिकाले सबैभन्दा उत्कृष्ट काम गरेर पुरस्कृत भएको बताउँदै उहाँले भगिनी सम्बन्ध कामय भएपश्चात् सुखदु:खमा सामिप्यता कायम गर्दै सहयोग गरेर जाने ताउनुभयो ।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्त्वपूर्ण भएको बताउनुभयो । “राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्वपूर्ण छ । प्रशासनिक तहमा गुल्मीको पहुँच रहेको छ । यसको फाइदा ललितपुरले लिन सकोस्, ललितपुरको जस्तो सुन्दर र सफा महानगर अन्त छैन, यहाँको कला, संस्कृति, बजारको सदुपयोग गुल्मीले लिन सकोस्”, पूर्वसचिव उपाध्यायले भन्नुभयो ।

मालिका गाउँपालिकाका प्रमुख देवीराम अर्यालले यो सम्बन्ध मालिकावासीका लागि गौरवको विषय भएको बताउनुभयो । “भगिनी सम्बन्ध कायम गर्ने यो सम्झौता हुनु यो गौरवको विषय हो, पहल गर्नुहुने सबैमा आभार व्यक्त गर्न चाहन्छु । दुवै स्थानीय पालिकावासीका लागि कोसेढुङ्गा सावित हुनेछ । कला, संस्कृति, सम्पदाका विषयमा लाभ हुने विश्वास राख्दछु ।” अध्यक्ष अर्यालले भन्नुभयो । उहाँले दुई पालिकाबीचको सामिप्यताका लागि पाटन नामको सांस्कृतिक सम्पदा निर्माण गर्ने बताउनुभयो ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षरले राम्रो संस्कारको सुरुआत भएको बताउनुभयो । “एक स्थानीय तह र अर्को स्थानीय तह राम्रो संस्कारको सुरुआत भएको छ । भगिनी सम्बन्धले सौहार्दता, सुमधुर सम्बन्धको विकास हुनेछ भन्ने अपेक्षा राख्दछु । यो सम्बन्ध चीरकालसम्म जीवन्त होस्, एकअर्कामा आधार सम्मान कामय होस् । यो भगिनी सम्बन्ध केवल समझदारी पत्रको लेनदेनमा मात्रै सीमित नहोस् ।” उपप्रमुख शाक्यले भन्नुभयो । उहाँले दुई पालिकाबीचको संस्कृति, परम्परा र उत्पादनमा सहकार्य कायम होस् भन्ने कामना गर्नुभयो । रासस