२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा माछापुच्छ्रेका वडाध्यक्ष पक्राउ



अ+ अ-

कास्की । उपभोक्ता समितिका अध्यक्षलाई कुटपिटको आरोपमा माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् ।

समितिका अध्यक्षलाई हातपात गरेको भन्दै गाउँपालिकाका वडाध्यक्ष रामबहादुर गुरुङबिरुद्ध जाहेरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता गराएका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए। भण्डारीको जाहेरीपछि वडाध्यक्ष गुरुङलाई बुधबार पक्राउ गरिएको हो ।

नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष बनेका गुरुङले समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै एमालेले वडा कार्यालयमा ताला लगाएको थियो। तर, जाहेरी दर्ता भएपछि एमालेले लगाएको ताला बुधबार नै खोलिएको प्रहरीले जनाएको छ।