२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा कोठामा मोबाइल, ट्यावलेट र स्मार्टवाच प्रतिबन्ध



अ+ अ-

एजेन्सी । नेदरल्याण्ड्सले सन् २०२४ जनवरी १ तारिखदेखि विद्यालयका कक्षा कोठामा मोबाइल फोन, ट्याबलेट, स्मार्टवाच प्रतिबन्ध गर्नेभएको छ । मोबाइलगायतका विद्युतीय उपकरणले कक्षा कोठाको एकाग्रता भंग गरेको भन्दै  नेदरल्याण्ड्स सरकारले मंगलबार उक्त निर्णय गरेको हो  ।

यद्यपि ती डिभाइसहरु आवश्यक भएको खण्डमा भने प्रयोग गर्न सकिनेछ । अध्ययनका क्रममा डिजिटल सीप आवश्यक भएमा, स्वास्थ्यका लागि आवश्यक भएमा वा अपांगता भएका व्यक्तिका लागि आवश्यक भएमा मात्रै प्रयोग गर्न पाइनेछ ।

‘मोबाइल फोनले समेत हाम्रो जीवनमा प्रवेश गरेको छ’, शिक्षामन्त्री रोबर्ट डिज्कगराफले भन्नुभयो, ‘मोबाइल फोन कक्षा कोठासम्म जान आवश्यक छैन ।’

यद्यपि विद्यार्थीलाई मोबाइललगायतका विद्युतीय डिभाइसबाट प्राप्त हुने जानकारी भने उपलब्ध गराइने उहाँको भनाइ छ । मोबाइल फोन मानिसको जीवनमा बाधा पु¥याइरहेको पाइएको छ । हामीले यसबाट विद्यार्थीहरुलाई बचाउनु जरुरी छ ।

यसका लागि विद्यालयसँग सम्बन्धित संघ र शिक्षा मन्त्रालयबीच भइसकेको छ । विद्यालयलाई उक्त प्रतिबन्धपछि गर्नुपर्ने काम आफैले व्यवस्थापन गर्नुपर्नेछ ।