३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा बैठक भोलिसम्म स्थगित



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज अपराह्न २ः३१ मा बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ः०१ मा बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले पुनः ४ः४६ मा बैठक बस्ने सूचना जारी गरेको थियो ।

तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार अपराह्न १ः०१ बस्ने गरी निर्धारण गर्नुभएको सचिवालयले जनाएको छ । रासस