२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात क्षेत्रको सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिवद्ध छ: मन्त्री ज्वाला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रको सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताउनु भएको छ ।

मन्त्री ज्वालाले सेवा प्रवाहको कामलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै सुशासनको प्रवद्र्धन गर्न सरकारले विज्ञहरुसहित यातायात्र क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको र त्यसले दिएको सुझावलाई छिट्टै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

बुधबार मन्त्रालयमा आयोजित ‘सवारी चालक अनुमति पत्रको अनलाईन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाह शुभारम्भ कार्यक्रम’ मा बोल्दै उहाँले सार्वजनिक यातायातको उचित व्यवस्थापन, चालक अनुमति पत्र लिनका लागि महिनौं कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने आश्वासन समेत दिनु भयो । त्यसका लागि प्रदेश सरकारलाई समेत चालक अनुमति पत्र प्रिन्टिङ गर्ने व्यवस्थाका लागि बजेटको समेत व्यवस्था गरिएको मन्त्री ज्वालाको भनाई थियो । उहाँले भन्नु भयो, ‘वर्तमान सरकार सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै सुशासन प्रवद्र्धन गर्न प्रतिवद्ध छ । यसका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न यातायात क्षेत्रका विज्ञहरुसहित यातायात्र क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिसकिएको छ । र, त्यो कार्यदलले सुझाव लिने काम चाँही अन्तिम चरणमा पुर्‍याएको छ ।

सुशासन समितिले हामीलाई प्रतिवेदन बुझाईसकेको छ । हामी केही दिन भित्रै त्यो प्रतिवेदन पनि सार्वजनिक गर्दैछौं । त्यसलाई हामी अव कार्यान्वयनमा लैजान्छौं । यातायात क्षेत्र सुधार सम्बन्धि जुन कार्य दल छ । त्यो कार्यदलले पनि आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको छ । त्यो सुझावसमेत लिएर हामीले त्यसलाई कार्यान्वयन गर्नेगरी अगाडि बढछौं । सार्वजनिक यातायात व्यवस्था, सवारी चालक अनुमति पत्रको सहज उपलब्धता, सो अनुमति पत्र लिनका लागि महिनौं कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नेगरी बजेटको व्यवस्था पनि गरिएको छ ।’

मन्त्री ज्वालाले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गर्ने कामलाई अन्तिम चरणमा पुर्‍याएको पनि दोहोर्‍याउनु भयो । उहाँले चालक अनुमति पत्रका लागि लिने परीक्षा प्रणालीलाई पनि सुधार गर्दै लैजाने बताउनु भयो ।