२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी: सांसद पौडेल



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौं उपत्यकाका नदीहरु सफा बन्न नसक्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंका नदीहरु ढल बगाउने नदी बनिरहेकोप्रति दु:ख व्यक्त गर्नुभयो । उहाँले नदीका दुवैतर्फ करिडोर बनाएर ढलको व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वागमती लगायतका काठमाडौं उपत्यकाका नदीहरु सबै ढल बगाउने नदीहरु हुन् । हामीले नदी भनेको, अहिले ढल बगिरहेको छ । कतिपयमा केही खोल्सा वा नदीमाथि बाटो बनाएर घर घर जोन, पिच, ढलान गरेर बाटोले छोपिएको छ, महानगरले त्यसलाई खोल्ने भनेर भत्काइरहेको छ । त्यो त्यत्तिकै छोडियो भने गन्हाएर सकिँदैन ।’

‘त्यसैले दुई तिरै करिडोर बनाएर दुवैतिर ढल राख्ने स्थिति सरकारले बनाउनुपर्छ । नत्र भने अहिले नदीबाट ढलको निकास बनाइएको छ, त्यसबाट नदी सफा हुने, नत्र यहाँ कुनै प्रशोधन केन्द्र राखेपनि सम्भावना छैन । ढलको व्यवस्थापन नभएसम्म त्यसको प्रशोधन हुने स्थिति नभएसम्म कुनैपनि नदी सफा हुने अवस्था छैन । ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी छ ।’

सांसद पौडेलले काठमाडौं उपत्यकाका नदीहरुलाई सफा बनाउनु जरुरी भइसकेको बताउनु भयो ।