२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा



file photo
अ+ अ-

काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन् । यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई एक सय ४७ र अन्य एक हजार सात सय ४५ गरी कुल दुई हजार दुई सय तीन सवारी चालकलाई कारबाही गरिएको छ । रासस