५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

नेपाली समाजलाई अगाडी बढाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भुमिका खेलेको छ: सभामुख

नेपाली समाजलाई अगाडी बढाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भुमिका खेलेको छ: सभामुख
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरले पत्रकारिता क्षेत्रले संसदलाई राष्ट्रको हीतमा काम गराउन भुमिका खेल्ने बताउनुभएको छ ।

बुधवार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले संसदलाई सबल र राष्ट्रको हीतमा काम गराउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताउनुभएको हो । उहाँले संसदभित्र भएका समस्या र कमी कमजोरीहरुलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडी बढाउन विगतदेखि नै महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पत्रकारितासँग सम्बन्धित तपाईहरुको जिम्मेवारी भएपनि संसद परिवारभित्रकै एउटा महत्वपूर्ण जिम्मेवारीमा रहेको संस्थाको रुपबाट तपाईहरु हुनुहुन्छ । यसलाई निर्वाचन गराउनेसम्म आइपुग्दाखेरी धेरै साथीहरुको अनुभवहरु छन् । हिजो पत्रकारिताले नेपाली समाजलाई अगाडी बढाउनको लागि मेरो बुझाइमा धेरै महत्वपूर्ण भुमिका निर्वाह गथ्र्यो । अब अहिले निर्दिष्ट उद्देश्य प्राप्ति गर्नको लागि कमजोरीहरुलाई फालेर हामीले यसलाई सबल बनाउनको लागि जनताको हीतमा, राष्ट्रको हीतमा संसदलाई कसरी लाने भन्नेकुरा सञ्चार क्षेत्रबाट यसले खुड्किलो थप्ने छ । अरु गति दिने छ । र प्रभाव दिनेछ भन्ने मैले विश्वास लिएको छु । यहाँ भएका समस्याहरु कमी, कमजोरीहरु हाम्रो आफुभित्रका कुराहरु हुन् । हाम्रो क्षमता, योग्यताले भ्याएसम्म यसको व्यवस्थापन गर्दै जाने कुरामा जो–जो जहाँ–जहाँ भएपनि त्यो भुमिका निर्वाह हुने कुराको विश्वास दिलाउँछु ।’

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरु चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताउनु भयो । उहाँले चुनाव जसरी पनि जित्नुपर्ने नभइ स्वस्थ प्रतिष्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो – ‘तपाईहरुलाई संसदका पदाधिकारीहरु, सचिवालय सबैले गर्नुपर्ने खालका सबै सहयोगहरु गर्नुपर्छ । व्यक्तिगत हिसावले कहीँ, कतै केही कमजोरीहरु हुँदा स्वभाविक आलोचना त गर्नैपर्छ ।’

‘त्यो नगरीकन गुणगान गाउनका लागि मात्रै त पत्रकार हुनै पर्दैन । आग्रह पूर्वाग्रह, कसैको बिरोध मात्रै गर्ने कहीँ आँखा चिम्लेर समर्थन गर्ने । त्यो पत्रकारिताको मर्मभित्र पर्दैन । प्रतिष्पर्धा सहज ढंगले हुनु अन्यथा भएन । लोकतान्त्रिक प्रक्रियामा त्यो हुन्छ । सहजतापूर्वक लिने र एकदमै सहज ढंगले निर्वाचन गराउने । नेपालको राजनीतिमा जसरी पनि जित्नुपर्छ भन्ने छ । जसरी भन्ने कुरालाई हटाउन राजनीतिक दलहरु अरु चुनावमा पनि पर्छ । कहीँपनि त्यसरी जसरी पनि होइन । एउटा स्वस्थ प्रतिस्पर्धाले विश्वास जितेर आउने गरीकन चुनावहरु भयो भने राम्रो हुन्छ ।’

उहाँले संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारहरुलाई संघीय संसदका पदाधिकारीहरु, संसद सचिवालय लगायत सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।