२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा भीषण वर्षा, पन्ध्र जनाको मृत्यु



अ+ अ-

बेइजिङ । दक्षिणपश्चिम चीनमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने अन्य चारजना बेपत्ता भएका छन् ।

सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण बुधबार बिहान ७ बजेसम्म दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकामा १५ जनाको मृत्यु भएको छ र चार जना बेपत्ता भएका राज्य सञ्चालित समाचार समिति सिन्ह्वाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

मौसम विज्ञान विभागका अधिकारीहरूले मङ्गलबार मध्य र दक्षिणपश्चिम चीनका धेरै भूभागमा भीषण वर्षा हुने जनाउँदै सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो । वर्षाका कारण करिब ८५ हजार मानिस विस्थापित भएका छन् । छिमेकी सिचुआन प्रान्तमा पनि चार लाख ६० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन् ।

राष्ट्रपति सी चिनफिङले सबै तहका अधिकारीहरूलाई जनताको सुरक्षा र सम्पत्तिको संरक्षणलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभएको छ । राष्ट्रपति सीले सबै तहका प्रमुख अधिकारीहरूलाई बाढीबाट जनसाधारणलाई जोगाउन तथा जनताको सुरक्षा र सम्पत्तिलाई संरक्षणलाई प्राथमिकता दिँदै सबै प्रकारको क्षति घटाउने प्रयासमा सक्रिय रहन निर्देशन दिनुभएको सिन्ह्वाले जनाएको छ । रासस




भर्खरै