२७ मंसिर २०८२, शनिबार
,
Latest
‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेस्तोल र ३ थान गोलीको खोकासहित एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले मंगलबार राति महोत्तरी, रामगोपालपुर नगरपालिका १ लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डललाई पेस्तोल १ थान र गोलीको खोका ३ थानसहित पक्राउ गरेको छ ।

सोही नगरपालिका–१ बसबिट्टी बजारमा कौशलले पेस्तोलबाट गोली प्रहार गर्दा सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादव घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

घाइते यादवको जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।