२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोले ७३ सडकमा क्षति, १६ सडक अझै अवरुद्ध



अ+ अ-

काठमाडौँ । मनसुन सुरु भएयता हालसम्म ७३ वटा सडकमा क्षति पुगेको छ । सडक विभागका अनुसार हालसम्म क्षति पुगेका सडकमध्ये ५७ वटामा दुईतर्फी सडक सञ्चालनमा आइसकको छ भने १६ वटामा पूर्णरुपमा सञ्चालन आउन सकेको छैन ।

विभागका अनुसार हाल ३ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् भने १३ वटा सडक एकतर्फी रुपमा सञ्चालन गरिएको छ ।

सडक विभागका अनुसार केचना चन्द्रगढी-चारआली-इलाम-फिदिम, गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला (मेची राजमार्ग) पूर्णरुपमा अबरुद्ध भएको छ । साथै चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करीडोर) र रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङ्गटार-खाँदवारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग) पनि अवरुद्ध छ ।