२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा व्युताउने चर्चा ‘काशी जानु कुतीको बाटो’ जस्तै: शंकर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महसचिव शंकर पोखरेलले नेकपा व्युताउने कुरा काशी जाने कुतिको बाटो जस्तै भएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक संञ्जाल मार्फत महासचिब पोखरेलले भन्नुभएको छ ‘नेपालको वाम आन्दोलनको मुख्य शक्ति नेकपा(एमाले)का विरुद्धमा घेरावन्दी गर्नेहरुले नेकपा व्युताउने चर्चा चलाउनु वा वाम एकताको कुरागर्नु ‘काशी जानु कुतिको वाटो’ भने झै हो । एमाले यस्ता वेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत छ ।’

उहाँले लेख्नुभएको छ-

यतिवेला नेकपा व्युताउने कुराको चर्चा चलाईएको छ । विगतमा नेकपाको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपति देखी सर्वोच्च अदालतसम्म धाउनेहरु नै यसमा सक्रिय देखिन्छन् ।

यतिसम्मकी आम चुनाववाट प्राप्त जनादेश अनुरुप नयाँ गठवन्धन सरकार बनाउदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरुनै वामपन्थी एकताको कुरागर्न थालेका छन् । नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा (एमाले)का विरुद्धमा घेरावन्दी गर्नेहरुले नेकपा व्युताउने चर्चा चलाउनु वा वामपन्थी एकताको कुरागर्नु ‘काशी जानु कुतीको वाटो’भने झै हो ।

नेकपा(एमाले) यस्ता वेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत छ । अव नेपालको राजनीतिमा विचारका आधारमा राजनीतिक ध्रुविरकण आवश्यक छ । विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यसको लागि प्रमुख दलहरुलाई नीति, कार्यक्रम र योजना सहित सुदृढ गर्नु आवश्यक छ । तर त्यो असफल भइसकेको नेकपाको पुनस्थापनाको वाटोवाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुविकरणको वाटोवाट मात्र सम्भव हुन्छ । तसर्थ अव नेताहरुको टाउका जोडेर होइन भविष्य भएका युवाहरुको मन जोडेर आन्दोलनलाई सुदृढगर्ने वाटोमा अघि वढ्न सक्नु पर्दछ ।

अहिले जस्तो जनमत गुमाएकाहरुले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्यगर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने हुन्छ । नेकपा९एमाले० त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिकरुपमा नयाँ ढंगले अघि वढ्न प्रतिवद्ध छ ।

अव हरेकले महसुस गर्ने वेला भयो( विकास र समृद्धिका लागि गठवन्धन नामको अस्थिरता र अलमलको वाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ ।