२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: संगठित अपराधमा पनि अनुसन्धान अघि बढाईयो



अ+ अ-

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि प्रहरीले संगठित अपराधसम्बन्धी अनुसन्धान अघि बढाएको छ ।

सरकारी कागजात लिखत किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको आरोेपमा प्रहरीले ९ जना विरुद्ध संगठित अपराधको कसूरमा म्याद थप गरि अनुसन्धान अघि बढाएको हो ।

जिल्ला अदालत काठमाडौंले संगठित अपराधको कसूरमा अनुसन्धान गर्न सीआईबीलाई ७ दिन को म्याद दिएको छ ।

पक्राउ परेर म्याद थप गरेकाहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्कीलगायतका ९ जना छन् ।